ad ad

राजनीति


विवेकशील साझाका दुई शीर्ष नेताले दिए रावल, भुसाल र आचार्यलाई जितको शुभकामना

विवेकशील साझाका दुई शीर्ष नेताले दिए रावल, भुसाल र आचार्यलाई जितको शुभकामना

फाइल तस्बिर : एमाले नेतात्रय बायाँबाट क्रमशः भीम रावल, घनश्याम भुसाल र भीम आचार्य। रावलले अध्यक्ष, भुसालले उपाध्यक्ष र आचार्यले सचिव पदमा उम्मेदवारी दिएका छन्।


नेपालखबर
मंसिर १३, २०७८ सोमबार १९:१३, काठमाडौँ

विवेकशील साझा पार्टीका संयोजकसहित दुई शीर्ष नेताले नेकपा एमालेका तीन नेताको उच्च प्रशंसा गरेका छन्। 

चितवनमा जारी एमालेको १०औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नगराई सूची सार्वजनिक गरेर नयाँ नेतृत्व चयन गर्न खोजेपछि भीम रावल, घनश्याम भुसाल र भीम आचार्यले विरोध गरी निर्वाचनमा जान बाध्य पारेका छन्। 

ओलीलाई चुनौती दिँदै रावलले अध्यक्ष पदमै उम्मेदवारी दिएका छन् भने भुसाल उपाध्यक्ष र आचार्य सचिव पदमा उठेका छन्। 

यसैका लागि विवेकशील साझाका संयोजक मिलन पाण्डे र सचिवालय सदस्य केशव दाहालले उनीहरूको प्रशंसा तारिफ गर्दै शुभकामनासमेत दिएका हुन्।  

मिलन पाण्डे

‘भीडमा अरूले ताली बजाएपछि दुई हात ठोक्न त जसले पनि सक्छ। तर आफ्नो विवेक प्रयोग गरेर कसैको दास बन्दिनँ भनेर भीडभन्दा अलि पर रहन सक्ने हिम्मत र साहसलेनै नेता बनाउँछ’, पाण्डेले साेमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेका ३ नेताहरू– भीम रावल, घनश्याम भुसाल र भीम आचार्यलाई शुभकामना।’

केशव दाहाल

यस्तै सामाजिक सञ्जालमै दाहालले लेखेका छन्, कुनै पनि दलभित्रको आन्तरिक लोकतन्त्र त्यो दलको मात्र सरोकारको विषय होइन। यो समग्र राजनीतिलाई उन्नत र सुसंस्कृत गर्ने सार्वजनिक सरोकारको विषय हो। एमालेमा लोकतन्त्रको माग गर्दै भीम रावल, घनश्याम भुसाल र भीम आचार्यले जे गर्दै हुनुहुन्छ, त्यो चुनौतीपूर्ण तर गज्जबको काम हो। शुभकामना।’

यो पनि : ​भीम रावल भन्छन् : जित्छु भन्ने नलागीकन कसैले उम्मेदवारी दिन्छ र?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .