नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएको छ।
सोमबार केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर २४ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
२५ गते मनोनयन पत्र दर्ता हुनेछ भने उम्मेदवारी फिर्ताको समय दिएर मंसिर २६ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ।
निर्वाचन मंसिर २७ गते बिहान ८ बजेदेखि हुने कार्यक्रम छ।
यस्तै, प्रदेश तर्फ मंसिर १७ गते मनोनयन दर्ता र १८ गते बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको सूचनामा जनाइएको छ।
यस्ताे छ निर्वाचन तालिका :
204
Shares
प्रतिक्रिया