ad ad

राजनीति


एमाले उपाध्यक्षमा अष्टलक्ष्मी र बादल अगाडि, घनश्यामलाई न्यून मत

एमाले उपाध्यक्षमा अष्टलक्ष्मी र बादल अगाडि, घनश्यामलाई न्यून मत

नेपालखबर
मंसिर १४, २०७८ मंगलबार १५:३२, काठमाडौँ

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहान भएको निर्वाचनको सुरुवाती परिणाम आइरहेको छ।

अध्यक्ष केपी शर्मा ओलीको सूचीमा परेका नेताहरुले बलियो अग्रता बनाइरहेका छन्। उपाध्यक्षकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले अग्रता बनाइरहेकी छन्।

माओवादीबाट आएका नेता रामबहादुर थापा बादलले पनि राम्रो सुरुवात गरेका छन्। तर ओलीको सूचीमा नपरेका नेता घनश्याम भुसालको अवस्था कमजोर देखिएको छ।

बादलले ४९० मत कटाउँदा भुसालले ६१ मत मात्रै ल्याउन सकेको मतगणनास्थलमा रहेका एक एमाले नेताले जानकारी दिएका छन्। 

सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ९६ जनाले मतदान गरेका थिए। 

मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिँदैछन्। यसअघि धेरै पदमा निर्विरोध भइसकेका छन्। 

अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपाध्यक्ष भीम रावलले अध्यक्ष र उपमहासचिव भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .