ad ad

राजनीति


एमालेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सौराहामा सम्पन्न

एमालेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सौराहामा सम्पन्न

नेपालखबर
मंसिर १४, २०७८ मंगलबार २२:१०, काठमाडौँ

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज चितवनको सौराहामा सम्पन्न भएको छ।

बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ। 

बैठकमा सहभागी केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार बैठकमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब हुने तीन तहको निर्वाचनमा एकल बहुमत आउने गरी लाग्न पार्टी पंक्तिलाई निर्देशन दिए। पार्टीलाई अझ थप संगठित बनाइ अगाडि बढ्ने उनको भनाइ थियो।  

ज्ञवालीका अनुसार अध्यक्ष ओलीले यही मंसिर २५ र २६ गते केन्द्रीय कार्य समितिको बैठक आह्वान गरेका छन्।

यही मंसिर १० गते नारायणगढमा उद्घाटन भएको नेकपा एमालेको १०औँ महाधिवेशनले नयाँ कार्य समिति चयन गर्दै आज सम्पन्न भएको हो। केन्द्रीय समिति ३०१ सदस्यीय रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .