नेकपा एमालेको नयाँ केन्द्रीय कमिटी चयन भएको भोलिपल्ट अर्थात् आज बुधबार बिहानै नेता लालबाबु पण्डितले निराशाजनक स्टाटस लेखेका छन्।
चितवनमा आयोजित पार्टीको दसौं महाधिवेशनका बेला अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी सूचीमा नसेमेटेपछि एमालेका सबै कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका नेता पण्डितले सामाजिक सञ्जालमा निकै विरक्तलाग्दो कुरा लेखेका हुन्।
‘गंगापुत्र भीष्म राष्ट्र र वंशीय राज्य सत्ताको लागि जति नै पवित्र विचार राखेर अघि बढ़े पनि आफ्नै वंशका आफ्नै प्रिय पात्रबाट अति नै दुःखदायी मृत्यु वरण गर्नुपरेको इतिहास साक्षी रहेको छ’, पूर्वमन्त्रीसमेत रहेका पण्डितले लेखेका छन्, ‘त्यसैले महाभारत र इतिहास पढ्नुको साथै सम्झनु जरुरी रहेछ।’
यो पनि : ओलीले नसमेटेपछि लालबाबु पण्डितले भने : अब बिदा लिएँ, साथीहरुलाई शुभकामना!
Shares
प्रतिक्रिया