ad ad

राजनीति


राप्रपा महाधिवेशनमा गएनन् एमाले अध्यक्ष ओली

प्रचण्ड-माधवसँग एकै मञ्चमा देखिन इन्कार
राप्रपा महाधिवेशनमा गएनन् एमाले अध्यक्ष ओली

फाइल तस्बिर


नेपालखबर
मंसिर १५, २०७८ बुधबार १५:२६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारदेखि सुरु एकता महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन्। 

चितवनमा मंगलबार सम्पन्न दसौँ महाधिवेशनपछि काठमाडौं नआइपुगेकाले उनी भृकुटीमण्डपमा जारी राप्रपा महाधिवेशनमा ओली सहभागी नभएका हुन्। 

ओली चितवनमा अहिले साढे ३ बजे मात्रै काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। राजावादीहरुको महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागी भएका छन्।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा पनि राप्रपा महाधिवेशनमा अतिथि भएर सम्बोधन गरेका छन्। 

राप्रपाको निम्तो स्वीकारेका माओवादी अध्यक्ष दाहाल एमालेको महाधिवेशनमा गएका थिएनन्। त्यस्तै एमालेले समाजवादी अध्यक्ष नेपाललाई निम्तो नै गरेको थिएन।

यस्तोमा ‌ओलीले यी दुई नेतासँग मञ्च सेयर नगर्ने योजनासहित चितवनबाट ढिला गरी काठमाडौं आउन लागेको उनको सचिवालयका एक सदस्यले बताएका छन्। 

आफ्नो महाधिवेशन बहिष्कार गरेका प्रचण्ड र एमाले फुटाएर नयाँ पार्टी खोलेका नेपालसँग एकै मञ्चमा नउभिने योजनासहित ओली चितवनबाट ढिला गरी काठमाडौं आउन लागेका हुन्।

राप्रपाका एकजना नेता मोहन श्रेष्ठले महाधिवेशनका लागि साताअघि नै ओलीसहितका नेतालाई निम्ता पठाइएको बताएका छन्। 

'एमाले अध्यक्ष ओलीसहित सबै नेताहरुलाई हामीले निम्ता पठाएका थियौँ', उनले नेपालखबरसँग भने, 'उहाँ (ओली) चितवनबाट ढिलागरी आउने खबर पाएका छौँ। त्यहीकारण उहाँ महाधिवेशनमा उपस्थित हुन नसक्ने खबर हामीलाई आएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .