ad ad

राजनीति


ओलीको पुरानै अडान : गठबन्धनले देश बर्बाद बनायो, चाँडो निर्वाचनमा जाऊँ

ओलीको पुरानै अडान : गठबन्धनले देश बर्बाद बनायो, चाँडो निर्वाचनमा जाऊँ

पार्टी कार्यालय थापाथलीमा बोल्दै ओली। तस्बिर : विजय सिंह/नेपालखबर


नेपालखबर
मंसिर १७, २०७८ शुक्रबार १३:५८, काठमाडौँ

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनका कारण देश बर्बाद भइरहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय थापाथलीमा शुक्रबार पदभार ग्रहणका क्रममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

उनले दसौँ महाधिवेशनबाट पार्टीमा देखिएको गतिरोध पनि अन्त्य भएको बताए।

तर ओलीले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट देश बर्बाद भइरहेको उल्लेख गरे।

'देश अहिले वर्तमान गठबन्धनको सरकारबाट चलिरहेको छैन। सरकार चलिरहेको छैन। यस्तो चलिरहेकोलाई पनि चलेको भन्न सकिँदैन', उनले भने ,'यस्तो समस्या देशले लामो समय भोगिरहन सक्दैन। छिटोभन्दा छिटो ताजा जनादेशमा जाऊँ। पाँच दलको अकर्मण्यताका कारण देशलाई बर्बाद हुन दिनु भएन।'

ओलीले देशका हरेक क्षेत्रलाई गठबन्धनले निकम्मा बनाएको पनि आरोप लगाए। 'गठबन्धनले हरेक क्षेत्रलाई गठबन्धनले निकम्मा बनायो। लोकतन्त्रका आधार भत्काउने काम भएको छ', उनले भने, 'जताततै बिगार्ने काम भएको छ। सरकारका कतिपय घटकको त कामै बिगार्ने भत्काउने मात्रै छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .