ad ad

राजनीति


राप्रपा चुनाव हारेपछि यसरी चित्त बुझाइन् रेखा थापाले

राप्रपा चुनाव हारेपछि यसरी चित्त बुझाइन् रेखा थापाले

फाइल तस्बिर


नेपालखबर
मंसिर २०, २०७८ सोमबार ९:३८, काठमाडौँ

भर्खरै सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनका बेला अभिनेत्री एवं नेत्री रेखा थापा पनि महामन्त्री पदमा उम्मेदवार बनिन्। हाल अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनकाे समूहबाट उम्मेदवारी दिएकी उनी चुनावका बेला अध्यक्षका अर्का उम्मेदवार कमल थापाविरुद्ध निकै आक्रामक रूपमा प्रस्तुत भइन्। 

उसो त एकअर्काविरुद्ध आरोप–प्रत्यारोपको सुरुवात कमल थापाले नै गरे सायद। किनकि काठमाडौंको भृकृटीमण्डपमा राप्रपा महाधिवेशनको बन्दसत्र चलिरहेका बेला गत शुक्रबार कमल थापाले रेखा थापाले आफू गणतन्त्रवादी हुँ भनेर बोलिरहेको एउटा भिडिओ क्लिप सेयर गर्दै खिसीटिउरी गरे।

त्यसपछि रेखा थापा पनि के कम?

कमल थापाले एमसीसी पास हुनुपर्छ भनेर बोलिरहेको अन्तर्वार्ताको भिडिओ क्लिप सेयर गर्दै उनलाई कसरी राष्ट्रवादी नेता मान्न सकिन्छ भन्ने प्रश्न तेर्स्याइन्। 

–​एकअर्काका भिडिओ क्लिप सेयर गर्दै कमल थापा र रेखा थापाबीच यस्तो जुहारी

कमल थापाविरुद्ध अझै मरेन रेखा थापाको रिस, सामाजिक सञ्जालमा लेखेको लेख्यै

रेखा थापा यत्तिमै चुप लागिनन्। उनले शनिबार राप्रपाको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेकै स्थलमा कमल थापाको कडा आलोचना गरिन्।

–​सामाजिक सञ्जालपछि चुनावी मैदानमा रेखा थापाले गरिन् कमल थापाको कडा आलोचना

उनको प्रस्तुति हेर्दा यस्तो लाग्थ्यो– उनले महामन्त्री पदमा जित्ने निश्चित छ।

अन्ततः आफूपक्षीय अध्यक्ष राजेन्द्र लिङ्देनले त कमल थापालाई हराउँदै जिते तर रेखा थापा स्वयं भने कमल थापा समूहकी कुन्ती शाहीसँग हारिन्। 

यो पनिराप्रपा महाधिवेशन : कुन्ती शाहीसँग कति मतले हारिन् रेखा थापा?

त्यसको भोलिपल्ट साेमबार बिहानै नायिका रेखा थापाले यसो भनेर चित्त बुझाएकी छन्, ‘आफैंले आफैंलाई नियाल्न पाउनु पनि एउटा अवसर नै हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .