ad ad

राजनीति


ओलीप्रति नेपालको कटाक्ष : विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

ओलीप्रति नेपालको कटाक्ष : विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

फाइल तस्बिर


नेपालखबर
मंसिर २०, २०७८ सोमबार १६:३६, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति उनकै गृहजिल्ला पुगेर कटाक्ष गरेका छन्। 

खेलकुद महासंघ (समाजवादी) प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सोमबार झापाको दमकमा सम्बोधन गर्ने क्रममा नेपालले ओलीमाथि व्यंग्य गरेका छन्। 

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। 

'विचार र सिद्धान्त सकियो। अब पिठ्युँमा टाटु लेखेर अध्यक्षले सही गर्ने दिन आए', उनले भने, 'यस्तै भएर एमाले खत्तम भयो भन्ने लाग्यो। विचार र सिद्धान्तमा च्युत भयो, संस्कार पनि सकियो।'

अध्यक्ष एमालेमा कुनै लोकतन्त्र नभएको पनि जिकिर गरेका छन्। उनले एमाले महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा पनि दिएका छन्। 

'त्यहाँ लोकतन्त्र छैन छलफल परामर्श हुँदैन। चितवनमा हामीले कुम्भ मेला देख्यौँ। अनि तमासा पनि देख्यौँ। त्यहाँ सामूहिकताको समाप्ति भयो', उनले भने, 'सूर्य चिन्ह भएकाले वजन छ भन्छन् तर सूर्यमा ग्रहण लागिसकेको छ। अब कलम आएको छ। कलममा शक्ति छ। यसले जनताको आवाज बोक्छ।'

भिडिओ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .