ad ad

राजनीति


प्रदेश–२ मा कांग्रेसको निर्वाचन प्रक्रिया स्थगित

प्रदेश–२ मा कांग्रेसको निर्वाचन प्रक्रिया स्थगित

नेपालखबर
मंसिर २१, २०७८ मंगलबार ६:२४, काठमाडौँ

प्रदेश २ मा नेपाली कांग्रेसको निर्वाचन प्रक्रिया स्थगित भएको छ। 

नेतृत्व चयनका लागि हुन लागेको निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित भएको प्रदेश– २ महाधिवेशन आयोजक कमिटीका संयोजक रमेश रिजालले जानकारी दिए। प्रदेश–२ को अधिवेशन अब महाधिवेशनपछि गरिने रिजालले जानकारी बताए।

प्रदेशका आठ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये सर्लाही, सप्तरी र रौतहटबाट पूरा प्रतिनिीधको नाम आउन नसकेको निर्वाचन समितिले जनाएको छ। 

निर्वाचन अधिकृत प्रल्हाद गौतमका अनुसार सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनौट हुन सकेको छैन। प्रदेश–२ का सबै जिल्लाका प्रतिनिधि छनौट भइसकेपछि यस प्रदेशका लागि कूल मतदाता संख्या ८८८ पुग्ने छ।   

निर्वाचन हुन बाँकी रहेका जिल्लाको प्रदेश अधिवेशनमार्फत छनौट हुने प्रतिनिधिको नामवली समावेश गरी बल्ल निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने निर्वाचन नभएका जिल्लाका नेता कार्यकर्ताको माग छ। 

‘निर्वाचन तालिकाअनुसार गत मङ्सिर १८ गते प्रतिनिधिको नामावली सार्वजनिक गर्नुपर्नेमा त्यो हुन सकेन। तीन जिल्लाका बाँकी प्रतिनिधिको आउन सकेको छैनन्। त्यसैले प्रदेश अधिवेशन स्थगित गरिएको हो,’ रिजालले भने।

प्रदेश सभापतिका लागि रौतहटका कृष्णा यादव र प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रहेका रामसरोज यादव उम्मेदवारी घोषणा गरेका थिए।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .