ad ad

राजनीति


अर्थमन्त्री शर्माको प्रतिवद्धता : बुढीगण्डकी जसरी पनि बनाउँछौँ

अर्थमन्त्री शर्माको प्रतिवद्धता : बुढीगण्डकी जसरी पनि बनाउँछौँ

नेपालखबर
मंसिर २१, २०७८ मंगलबार १०:३४, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्माले बुढीगण्डकी जलविद्युत् आयोजना जसरी पनि बनाइँने बताएका छन्। आफू अर्थमन्त्री हुँदै यो आयोजनाको काम सुरु हुने शर्माले बताए।

धादिङको त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘बूढीगण्डकी बनाइन्छ। म अर्थमन्त्री हुँदै काम सुरु हुनेछ।’

त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो। यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेका छन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत्रका लागि नेपाल सरकारले बजेट विनियोजन गर्नेसमेत बताए। विकासका लागि जनताले साथ दिनुपर्ने भन्दै उनले मध्यपहाडी लोकमार्ग निर्माणको काम चाँडै पूरा गरिने प्रतिवद्धतासमेत व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .