ad ad

राजनीति


साझा उम्मेदवार छान्न चाक्सीबारीमा कार्यकर्ताको प्रदर्शन

साझा उम्मेदवार छान्न चाक्सीबारीमा कार्यकर्ताको प्रदर्शन

नेपालखबर
मंसिर २१, २०७८ मंगलबार १६:२०, काठमाडौँ

नेपाली कांग्रेसका युवा नेताहरुले संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार बनाउन दबाब दिएका छन्। 

संस्थापन इतर समूहका नेताहरुको बैठक चलिरहेको चाक्सीबारीमा उनीहरुले प्रदर्शन गरेका हुन्।

याे पनि: सभापतिको साझा उम्मेदवार टुंगो लगाउन चाक्सीबारीमा बैठक

सभापतिका दावेदार नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा उक्त इतर समूहको बैठक बसिरहेको छ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, कोषाध्यक्ष सीतादेवी यादवलगायत उपस्थित छन्। 

यो बैठकबाट पार्टीको महाधिवेशनमा इतर समूहबाट सभापतिको साझा उमेदवार तय गर्न छलफल भइरहेको छ। बैठकमा सहभागी नेतालाई दबाब दिन बाहिर युवा नेताले प्रदर्शन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .