ad ad

राजनीति


धादिङ कांग्रेसका निवर्तमान सभापति धमलाका भाइ जुवाखालबाट समातिए*

१६ जना समातिँदा १६ लाख नगद पनि बरामद
धादिङ कांग्रेसका निवर्तमान सभापति धमलाका भाइ जुवाखालबाट समातिए*

पक्राउ परेका धमला


नेपालखबर
मंसिर २१, २०७८ मंगलबार २२:२४, काठमाडौँ

नेपाली कांग्रेस जिल्ला कार्य समिति धादिङका निवर्तमान सभापति रमेश धमलाका भाइ रमेश धमला जुवाखालबाट समातिएका छन्। 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले १६ लाख रुपैयाँ नगदसहित स्वयम्भूमा जुवा खेलिरहेको अवस्थामा धमलालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। 

स्वयम्भूको जुवाखालबाट धमलासहित १६ जना पक्राउ परेका छन्। प्रहरीले धमलासहितका जुवाडेलाई बरामद भएको रकमसहित नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धमला, बागे लामा, सुवास बडुवाल, राजु नगरकोटी, दिवश भुजेल, सुनिता राई, प्रेमध्वज खड्का, राज माेक्तान, आशमान स्याङ्तान, दावा लामा, शम्भु लामा

नवीन भुजेल धुन्चे लामा, किरण भुजेल आशिष गिरी र मिसिङ खपाली रहेका छन्

धमलाका दाइ रमेश धमला मंसिर २४ देखि काठमाडौंमा हुने १४ औँ महाधिवेशनका प्रतिनिधि पनि हुन्। उनी कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्। 

यसअघि गत कात्तिक १९ गते काठमाडौंको बौद्ध जोरपाटीस्थित जुवाखालबाटै कांग्रेसको दोलखा जिल्ला सभापति बर्मा लामा पनि समातिएका थिए। 

उनी केही साता प्रहरी हिरासत र अस्पतालको बासपछि धरौटीमा रिहा भएर जिल्ला फर्किसकेका छन्। 

*समाचारमा पक्राउ परेकाे व्यक्ति र निवर्तमान जिल्ला सभापतिकाे नाम एउटै परेकाले आशय अर्काे पर्न गएकाेमा सच्याइएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .