नेपाली कांग्रेसको १४औं महाधिवेशन आउन आज (मंसिर २२) समेत २ दिन मात्र बाँकी छ। कांग्रेसको महाधिवेशन यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ।
त्यसका लागि विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भइसकेको कांग्रेसले जनाएको छ।
कांग्रेस महाधिवेशन त्यस्तो बेला हुन लागेको छ, जतिबेला कोरोना भाइरसको अति संक्रामक नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेको छ। यसबाट सुरक्षाका लागि कांग्रेसले के गरेको छ त व्यवस्था?
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्क अनिवार्यसहित फिल्डमै एन्टिजेन परीक्षणको व्यवस्था गरिनेछ। साथै अन्य रोगका लागि पनि हेल्थडेस्क नै स्थापना गरिनेछ।
महाधिवेशनका लागि गठित स्वास्थ्य समितिमा नेता मोहनबहादुर बस्नेत संयोजक छन्।
डिजिटल भोटिङको व्यवस्था गर्ने विषयमा पनि कांग्रेसभित्र छलफल जारी छ।
यो पनि : कांग्रेस महाधिवेशनमा खानपानको ‘उच्चस्तरीय’ व्यवस्था, प्रतिनिधिलाई दुवै छाक मासुभात
Shares
प्रतिक्रिया