ad ad

राजनीति


ओलीकै शैली पछ्याउँदै प्रचण्ड, महाधिवेशनस्थलमा राखियो 'स्ट्याचु'

ओलीकै शैली पछ्याउँदै प्रचण्ड, महाधिवेशनस्थलमा राखियो 'स्ट्याचु'

महाधिवेशनस्थलमा राखिएको प्रचण्डको स्ट्याचु। तस्बिर : केशव साउद/नेपालखबर


नेपालखबर
पुस ११, २०७८ आइतबार १७:१८, काठमाडौँ

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन प्रज्ञा भवन, कमलादीमा भइरहँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्ट्याचु राखिएको छ।

महाधिवेशनको उद्घाटन कार्यक्रम चलिरहँदा प्रचण्डको स्ट्याचु ल्याएर स्थापित गरिएको हो। 

एमाले अध्यक्ष केपी शर्मा ओलीकै शैली पछ्याउँदै माओवादीले महाधिवेशनस्थललाई प्रचण्डमय बनाएको छ। 

यो महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै निरन्तर हुने पक्का जस्तै छ। यस्तोमा प्रचा, पम्प्लेटदेखि तुल ब्यानरसम्म प्रचण्डका तस्बिर सजाइएको छ।

कार्यकर्ताहरूले महाधिवेशनस्थलमा अब प्रचण्डको एउटा स्ट्याचु पनि ल्याएर राखेका हुन्। अहिले त्यो स्ट्याचुसँगै फोटो खिचाउन माओवादी कार्यकर्ताहरूको घुइँचो लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .