राजनीति


सर्वपक्षीय बैठकमा बाबुरामको सुझाबः सीमा विवाद कूटनीतिक तबरबाटै हल गरौँ

सर्वपक्षीय बैठकमा बाबुरामको सुझाबः सीमा विवाद कूटनीतिक तबरबाटै हल गरौँ

नेपालखबर
कात्तिक २३, २०७६ शनिबार १३:१,

भारतीय नयाँ नक्सामा नेपालको भूमि पारेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकमा सहभागीहरुले सीमा विवाद कूटनीतिक तबरबाटै हल गर्न सुझाब दिएका छन्।

शनिबार बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा सहभागी पूर्वप्रधानमन्त्री, पूर्व पराराष्ट्र मन्त्री, परराष्ट्रविद, सीमाविदहरुले यस्तो सुझाब दिएका हुन्।

पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सीमा विवाद कूटनीतिक तबरबाटै हल गर्न सुझाब दिएको बताए। बैठकबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘लिपुलेक, कालापानी हाम्रो भूमि हो। सरकारले कुटनीतिक तवरले नै सीमा विवादहरू हल गर्नुपर्छ।’ उनले यस विषयमा प्रधानमनत्रीकै तहबाट वार्ता गरी समस्याको हल खोज्नुपर्ने बताए।

अध्यक्ष भट्टराईले भारतले अतिक्रमण गरेका सबै सीमाको यथेष्ट प्रमाण जुटाएर एक चरणमा समाधन खोज्न समेत सरकारलाई सुझाब दिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad