ad ad

राजनीति


सानेपाको हेरिटेज प्लाजामा बस्नेछ माओवादी केन्द्रीय समितिको पहिलो बैठक

सानेपाको हेरिटेज प्लाजामा बस्नेछ माओवादी केन्द्रीय समितिको पहिलो बैठक

नेपालखबर
पुस १८, २०७८ आइतबार २१:४४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सोमबार दिउँसो बस्ने भएको छ।

बैठक ललितपुरकाे हेरिटेज प्लाजा, सानेपा हाइटमा बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ। 

अपरान्ह ३ बजे बस्ने सो बैठकले पदाधिकारी चयन गर्नेछ।

माओवादीको आइतबार सम्पन्न आठौं महाधिवेशनले २३७ जना केन्द्रीय सदस्य चयन गरेको छ। 

२९९ सदस्यीय केन्द्रीय समितिमा बाँकी सदस्य र पदाधिकारी छनौट गर्न बाँकी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .