राजनीति


विवेकशील साझा पार्टी विवाद : सर्वाेच्च अदालत जाँदै मिलन पाण्डेको पक्ष

विवेकशील साझा पार्टी विवाद : सर्वाेच्च अदालत जाँदै मिलन पाण्डेको पक्ष

नेपालखबर
पुस २०, २०७८ मंगलबार ९:५३, काठमाडौँ

विवेकशील साझा पार्टीबाट निष्कासित तत्कालीन संयोजक मिलन पाण्डेको पक्षले पार्टीको वैधानिकता प्राप्तिका लागि सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ।

विवेकशील साझा पार्टीको वैधानिकता अध्यक्ष रवीन्द्र मिश्रलाई दिएको निर्वाचन अयोगलाई यस विषयमा पुनरवलोकन गर्न भन्दै पाण्डेले निवेदन दिएका थिए। तर आयोगले ‘निर्णय गर्न नचाहेको’ भनेर जवाफ दिएपछि पाण्डे पक्ष सर्वाेच्च अदालत जाने भएको हो। 

पाण्डे पक्षका प्रवक्ता हरिशपसाद भट्टले विज्ञप्ति जारी गरी आफूहरू यस विषयमा कानुनी उपचारका लागि चाँडै सर्वाेच्च अदालत जाने तयारीमा रहेको जानकारी दिएका हुन्। 

‘पार्टीको विधान विपरीत पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने जस्तो गम्भीर निर्णय भएको एकल बैठक, जहाँ उपस्थित भएर असहमति जनाएका र बैठकमै उपस्थित नरहेका सबैको सहमति छ भनेर किर्ते माइन्युट बनाइयो’, विज्ञप्तिमा भनिएको छ, ‘त्यो बैठकको वैधानिकता उपर उजुरी दिँदासमेत बिना जाँचबुझ सदर गर्ने निर्णय गर्नुमा आयोगको के बाध्यता थियो? अदालतमा आयोगले जवाफ दिनुपर्नेछ।’

यी पनि

रवीन्द्र मिश्रलाई मिलन पाण्डेको जवाफ : तानाशाही टिक्दैन, सरी ब्रो, राजतन्त्र मान्न सक्दिनँ

‘विवेकशील साझा पार्टीभन्दा माथि देश’ भन्दै रञ्जु दर्शनाद्वारा पार्टी परित्याग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .