ad ad

राजनीति


हारेकालाई केन्द्रीय सदस्य मनोनीत गरेपछि राप्रपा नेता थापाको प्रश्न : त्यसो भए चुनाव किन गर्ने?

हारेकालाई केन्द्रीय सदस्य मनोनीत गरेपछि राप्रपा नेता थापाको प्रश्न : त्यसो भए चुनाव किन गर्ने?

नेपालखबर
पुस २०, २०७८ मंगलबार १९:५४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनमा चुनाव हारेकालाई समेत केन्द्रीय सदस्य मनोनीत गरेपछि असन्तुष्टी देखिएको छ। 

राप्रपा केन्द्रीय सदस्य अभिषेक थापाले ‘हारेको पनि मनोनीत केन्द्रीय सदस्य हुने भएपछि महाधिवेशनमा निर्वाचन किन गर्ने?’ भनी प्रश्न गरेका छन्। 

मंगलबार सामाजिक सञ्जालमार्फत उनले नेतृत्वमाथि प्रश्न उठाएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। जसमा कतिपय नेता निर्वाचनमा पराजित भएकासमेत छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान बमोजिम दीपक बोहोरा, बालाराम घर्ती मगर, रामकुमार सुब्बा, मोहनकुमार श्रेष्ठ, श्यामबहादुर शाही र पुष्पराज पुरुषसहित केन्द्रीय कार्य समितिमा मनोनीत भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .