ad ad

राजनीति


राप्रपा केन्द्रीय समितिमा मनोनयनप्रति कमल थापाको आपत्ति

राप्रपा केन्द्रीय समितिमा मनोनयनप्रति कमल थापाको आपत्ति

फाइल तस्बिर : राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापा।


नेपालखबर
पुस २२, २०७८ बिहिबार ४:५९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय समितिमा सदस्य मनोनयन गर्दा विधानको उल्लंघन तथा पक्षपात भएको आरोप लगाएका छन्।

हालै काठमाडौंमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका हरेक निर्णयको विरोध गरिरहेका छन्।

यसअघि उनले राप्रपा काभ्रे जिल्ला समितिका अध्यक्षलगायत नेतालाई पार्टीबाट निष्कासन गरिएकाे निर्णयप्रति आपत्ति जनाएका थिए। 

यो पनिकमल थापाको आरोप : राजेन्द्र लिङ्देनको निर्णय अवैधानिक

अहिले राप्रपा केन्द्रीय समितिमा सदस्यहरूको मनोनय गर्दा पनि थापाले प्रश्न उठाएका हुन्। 

राप्रपाका पूर्वअध्यक्ष थापाले बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पार्टीको केन्द्रीय समितिमा सदस्य मनोनयन गर्दा एकपक्षीय र पूर्वाग्रही रूपमा गरिएको आरोप लगाएका हुन्। 

‘राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रही रूपमा गरिएको मनोनयनको भत्सर्ना गर्दछु’, थापाले भनेका छन्, ‘३३ प्रतिशत अनिवार्य महिला मनोनीत गर्नुपर्ने विधानको व्यवस्था उल्लंघन भएको छ। मधेसी समुदाय, दलित, महिला र काठमाडौंलाई उपेक्षा गरिएको छ। जनाधार भएका नेताहरूलाई उपेक्षा गरी चुनाव हारेकालाई मनोनीत गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .