राजनीति


शीर्ष तहमा कोरोना सन्त्रास : प्रधानमन्त्रीपछि सञ्चारमन्त्री आइसोलेसनमा

शीर्ष तहमा कोरोना सन्त्रास : प्रधानमन्त्रीपछि सञ्चारमन्त्री आइसोलेसनमा

फाइल तस्बिर : बायाँबाट क्रमशः माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री देउवा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की।


नेपालखबर
पुस २५, २०७८ आइतबार ९:३९, काठमाडौँ

नयाँ भेरिएन्ट ओमिक्रोन भित्रिएयता राज्यको शीर्ष तहमा कोरोना संक्रमण/सन्त्रास फैलिएको छ। 

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित धेरै जना शीर्ष नेता तथा कार्यकर्तामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यसकै कारण माओवादी केन्द्रले आफ्नो केन्द्रीय कार्यालय बन्दसमेत गरिसकेको छ। 

यति मात्र होइन, सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री शेरबहादुर देउवादेखि सरकारका उच्च पदस्थ व्यक्तिहरूसम्म कन्ट्याक्ट ट्रेसिङमा परेका छन्, एकपछि अर्काे आइसोलेसनमा बस्न थालेका छन्। 

सत्ताभित्रका नेता मात्र होइन, सत्ता बाहिर अर्थात् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत कोरोना सन्त्रासमा तानिएका छन्। किनकि आइसोलेसनमा बस्नुअघि शनिबार बिहान प्रधानमन्त्री देउवा उनकै निवास (बालकोट) पुगेर ओलीलाई भेटेका छन्। 

देउवा आइसोलेसनमा, ओली के गर्लान्?

शनिबारदेखि आइसोलेट भएका प्रधानमन्त्री देउवापछि सञ्चार तथा सूचना प्रविधिमन्त्रीमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि आइसोलेसनमा बसेका छन्। 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की प्रधानमन्त्री देउवासँगै शुक्रबार प्रचण्ड सहभागी सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी भएका थिए।

यसैकारण सञ्चारमन्त्री कार्की शनिबारदेखि नै भेटघाट बन्द गरेर आइसोलेसनमा बसेको उनको सचिवालयले जनाएको छ।

आज प्रधानमन्त्री र सञ्चारमन्त्री दुवैको कोरोना जाँच गर्ने उनीहरूका सचिवालयले जनाएका छन्। ​

यो पनिप्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीसहित को को परे ‘कन्ट्याक्ट ट्रेसिङ’मा?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .