ad ad

राजनीति


दिनानाथ शर्मा र शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण

दिनानाथ शर्मा र शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण

माओवादी केन्द्रका नेता दम्पती : शक्ति बस्नेत र सत्या पहाडी।


नेपालखबर
पुस २५, २०७८ आइतबार ११:१८, काठमाडौँ

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा सहभागी भएका नेताहरूलाई एकपछि अर्काेलाई कोरोना संक्रमण पुष्टि हुने क्रम जारी छ। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएकै दिन केन्द्रीय सदस्य ७६ वर्षीय दिनानाथ शर्मालाई पनि पुष्टि भएको छ। 

फाइल तस्बिर : माओवादी केन्द्रका नेता दिनानाथ शर्मा।

यसैगरी केन्द्रीय सदस्य शक्ति बस्नेत र उनकी पत्नी तथा नेतृ सत्या पहाडीलाई पनि कोरोना भएको छ।

पहाडीले सामाजिक सञ्जालमार्फत श्रीमान श्रीमती नै कोरोना भएर होम आइसोलेसनमा बसेको जानकारी दिएकी हुन्। 

‘तेस्रोपटक कोभिडको आक्रमण, हामी दुवै जना होम आइसोलेसनमा’, उनले लेखेकी छन्। 

यस्तै माओवादी केन्द्रका नेताहरू मातृका यादव, हरिबोल गजुरेलल पनि संक्रमण पुष्टि भएपछि आइसोलेसनमा छन्।

माओवादी केन्द्रको यही पुस ११–१८ मा काठमाडौंमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा सहभागी भएकामध्ये सयभन्दा बढी जनालाई कोरोना संक्रमण भएको छ।

यो पनिशीर्ष तहमा कोरोना सन्त्रास : प्रधानमन्त्रीपछि सञ्चारमन्त्री आइसोलेसनमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .