ad ad

राजनीति


एमालेबाहेक जनताको मन जित्ने अर्को पार्टी छैन : केपी ओली (भिडिओ)

एमालेबाहेक जनताको मन जित्ने अर्को पार्टी छैन : केपी ओली (भिडिओ)

एमाले संखुवासभाको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
पुस २६, २०७८ सोमबार १६:११, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले उदाउँदो सूर्यका रुपमा आएको बताएका छन्। 

संखुवासभाको खाँदबारीमा एमाले जिल्ला अधिवेशनलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'एमालेले देश विकासलाई गति दिएको थियो। तर षड्यन्त्र गरेर सरकारबाट हटाए', उनले  भ ने, 'तर अब षड्यन्त्र सधैँ काम लाग्दैन। प्रतिगामीहरु चुनावमा जान डराइरहेका छन्। यो सरकार लुट्न लागेको छ चुनावतिर जान मान्दैन।'

उनले २०५९ सालमा जस्तै अहिले पनि चुनाव गराउन नखोजिएको बताएका छन्।

'एमालेबाहेक जनताको मन जित्ने अर्को पार्टी छैन। एमाले मात्रै हो जनताले भोट दिन लायक पार्टी', उनले भने, 'विराटनगर-किमाथाङ्का सडक बनाउन एमाले चाहियो नि! एमालेले सुरु गरेको हो किमाथाङ्का सडक, त्यसैले विकासका लागि पनि एमाले नै सरकारमा चाहिन्छ।' 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .