नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती मनाइरहँदा गणतन्त्र विरोधी नारा पनि सुनिएका छन्।
मंगलबार सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने क्रममा राजावादीहरुले गणतन्त्रको विरोधमा चर्का नाराबाजी गरे।
उनीहरुले पूर्वराजा ज्ञानेन्द्र शाह आइपुग्ने समय झन् चर्का नारा लगाए। उनीहरुले गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद, हिन्दु राज्य चाहियो, राजतन्त्र फर्काऊँ जस्ता चर्का नारा लगाए।
सरकारले सार्वजनिक बिदा नदिए पनि मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी, राष्ट्रिय शक्ति नेपालसहितले पृथ्वी जयन्ती कार्यक्रम मनाइरहेका छन्।
भिडिओ
153
Shares
प्रतिक्रिया