ad ad

राजनीति


समाजवादीनिकट कर्मचारी संगठन एमालेमा ‘मर्ज’, माधव नेपाललाई धक्का

समाजवादीनिकट कर्मचारी संगठन एमालेमा ‘मर्ज’, माधव नेपाललाई धक्का

नेपालखबर
पुस २८, २०७८ बुधबार १३:४०, काठमाडौँ

सत्तारुढ नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालनिकट कर्मचारीको संगठनका केन्द्रीय पदाधिकारी एमालेनिकट निजामती कर्मचारी संगठनमै फर्किएका छन्। 

यससँगै एकीकृत समाजवादीनिकट कर्मचारी युनियनको नेपाल निजामती कर्मचारी संगठनमा औपचारिक रुपमै विलय भएको छ। 

केपी शर्मा ओली नेतृत्वको एमाले समर्थित कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले मंगलबार निकालेको विज्ञप्तिमा उनीसहित नेकपा एसबाट बाहिरिएका कर्मचारी युनियनका अध्यक्ष रेवन्त गौतमको हस्ताक्षर छ। 

संयुक्त विज्ञप्तिमा देवकोटा र गौतमले जिल्ला र विभागीय अधिवेशनमा जुट्न अपिल गरेका छन्। 

उनीहरुले माघ १४ र १५ मा आयोजना हुन लागेको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीनिकट कर्मचारीलाई आह्वान गरेका छन्। 

अध्यक्ष गौतम, वरिष्ठ उपाध्यक्ष मोहन गिरी लगायत सबै केन्द्रीय पदाधिकारी ओली निकटको नेपाल निजामती कर्मचारी संगठनमा फर्किएका हुन्। 

केन्द्रीय सदस्यहरु पदमराज जोशी, शान्ति विष्ट, लक्ष्मी योगी, अमृता रावत, जयदेव जोशी सहित २१ जना र जिल्ला अध्यक्ष र विभागीय सदस्य गरी ३०० जनाले नेकपा एस छाडेका हुन्। 

यस कदमले माधव नेपाल नेतृत्वको नेकपा एसलाई ठूलो क्षति भएको विश्लेषण गरिएको छ। 

माधव नेपाल नेतृत्वको एसनिकट संगठनका संस्थापक अध्यक्ष गौतम, वरिष्ठ उपाध्यक्ष मोहन गिरी, उपमहासचिव रामचन्द्र अधिकारी, सचिव ओम कठायत एमालेनिकट संगठनमै फर्किएका हुन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .