प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
बिहीबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री देउवा संक्रमणको आशंकाले आइसोलेसनमा बसेका छन्।
गएको शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा बसेका हुन्।
त्यसअघि बिहीबार र शुक्रबार भएको सर्वदलीय बैठकमा देउवा उपस्थित थिए। सोही बैठकमा उपस्थित प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत कतिपय नेतालाई संक्रमण पुष्टि भएको छ।
30
Shares
प्रतिक्रिया