ad ad

राजनीति


पूर्वमुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पूर्वमुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

नेपालखबर
माघ ३, २०७८ सोमबार २१:४९, काठमाडौँ

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस संक्रमण भएको छ।

आज पीसीआर परीक्षणका क्रममा उनलाई संक्रमण पुष्टि भएको हो। 

संक्रमण भएपछि गण्डकीका पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङ होम आइसोलेसनमा बसेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई पनि संक्रमण भएको थियो।

यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ, एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, सुजिता शाक्यलगायतलाई संक्रमण भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .