ad ad

राजनीति


उत्तरी नाका सहज बनाइदिन तिब्बत सरकारलाई नेपालको आग्रह

उत्तरी नाका सहज बनाइदिन तिब्बत सरकारलाई नेपालको आग्रह

फाइल फाेटाे


नेपालखबर
माघ ५, २०७८ बुधबार १८:३, काठमाडौँ

नेपालले उत्तरी नाका सहज बनाइदिन चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारसँग आग्रह गरेको छ। 

तिब्बतका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालले तिब्बत सरकारका अध्यक्ष यान जिन हेइसँग मंगलबार भेटेर यस्तो आग्रह गरेका हुन्।

ढकालले अध्यक्ष यानलाई भेटेर नेपाली उत्पादन स्थलमार्गबाट तिब्बत ल्याउने, नेपाल जाने मालबाहक सवारी साधनको सङ्ख्या बढाउन तथा सहजीकरणका निम्ति आग्रह गरेको ल्हासास्थित नेपाली महावाणिज्यदूतवासले जनाएको छ। 

भेटका अवसरमा नेपालमा चिनियाँ लगानी प्रवर्द्धन, समसामयिक र द्विपक्षीय हित र सडक, रेल, प्रसारण लाइनबाट सम्पर्क सञ्जाल विस्तार गर्नेबारे ढकालले तिब्बत सरकारको ध्यानाकर्षण गराएका थिए।

जवाफमा अध्यक्ष यानले कोभिड नियन्त्रण गर्ने प्रबन्धहरूको पालना गर्दै नेपालको चासोलाई सम्बोधन गर्ने आश्वासन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .