नेकपा (एमाले) जाजरकोटले जिल्लाको छेडागाड नगरपालिका वडा नं ६ का वडाध्यक्ष रामबहादुर केसीलाई कालोमोसो दल्ने व्यक्तिहरुमाथि कारबाही गर्न माग गरेको छ।
जिल्ला अध्यक्ष खिमबहादुर शाहीले बुधबार विज्ञप्ति प्रकाशित गरी सो कार्यमा संलग्नमाथि कारबाहीको माग गरेका हुन्।
नेत्रविक्रम चन्द (विप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले वडाअध्यक्ष केसीलाई कालोमासोसहित जुत्ताको माला लगाएको हो।
अखिल क्रान्तिकारी जाजरकोटले सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति जारी गर्दै जनविकास माद्यमिक विद्यालयको फिल्ड निर्माणमा ९ लाख हिनामिना गरेको, अफ्गान पुल्ला सडक निर्माणमा ७० लाख बजेटबाट १७ लाख घुस खाएको, राधेदेखि विराखोला सडक स्तरउन्नोतिमा ५ लाख हिनामिना गरेको, कोभिड १९ लाई नियन्त्रण गर्न उपलब्ध भएको रकम ७८ हजार वडा सचिवको किर्ते हस्ताक्षर गरी चेक साटेर हिनामिना गरेको आरोप लगाएको छ।
एमालेले कालोमोसो दल्नु गलत भएको भन्दै इमान्दार, कर्तव्यनिष्ठ कार्यकर्तामाथि आक्रमण भएको भन्दै विरोध जनाएको छ।
Shares
प्रतिक्रिया