ad ad

राजनीति


ललिता निवास प्रकरण : नवीन पौडेल र न्यायाधीश रेग्मीविरुद्ध फेरि अख्तियारमा उजुरी

ललिता निवास प्रकरण : नवीन पौडेल र न्यायाधीश रेग्मीविरुद्ध फेरि अख्तियारमा उजुरी

नेपालखबर
माघ ५, २०७८ बुधबार २१:४०, काठमाडौँ

बालुवाटारस्थित ललिता निवासले चर्चेको जग्गा विक्री प्रकरणलाई लिएर एकीकृत समाजवादीका कार्यकर्ताले एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीन पौडेलविरुद्ध उजुरी दिएका छन्। 

सरकारी स्वामित्वको जग्गा गैरकानुनी रुपमा विक्रीमा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र एमाले उपाध्यक्ष पौडेलका छोरा नवीनलाई कानुनी कारवाही माग गर्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालिएको हो। 

समाजवादीनिकट युवा संघ नेपालले अख्तियारमा रेग्मी र पौडेललाई कारवाही गर्न माग गर्दै उजुरी दर्ता गरेको हो। 

ललिता निवासको जग्गा न्यायाधीश रेग्मी र पूर्वमन्त्री एवम् पौडेलका छोरा नवीनले आफ्नो नाममा गरेका थिए। अख्तियारले छानबिन गरेपछि उनीहरुले जग्गा फिर्ता गरेका थिए। त्यहीकारण आयोगले उनीहरुमाथि मुद्धा चलाएको थिएन।

‘ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना गर्ने कुमार रेग्मी र नवीन पौडेललाई गैरकानुनी रुपमा जग्गा फिर्ताको बहाना बनाएर उन्मुक्ति दिने अख्तियारको निर्णयमा युवा संघले गम्भीर रुपमा लिएको छ', उजुरीमा भनिएको छ, 'अख्तियारबाट निष्पक्ष, न्यायिक निष्कर्ष र निर्णय भएन। यसमा गम्भीर तोडमोड भएको देखिन्छ। यसले अख्तियारको महत्व, गरिमा र अस्तित्वमै प्रश्नचिन्ह लगाएको छ। यस्तो निर्णयले दीर्घकालमा भ्रष्टलाई प्रोत्साहित गर्छ।’

युवा संघले आयोगको निर्णयमा आपत्ति जनाउँदै व्यक्ति विशेषलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिने उद्धेश्यले समान विषयको अनुसन्धानमा असमान निर्णय लिन नमिल्ने भन्दै दुवैलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .