ad ad

राजनीति


तयारी नपुगेको भन्दै पाँच दलीय समन्वय समिति बैठक स्थगित

तयारी नपुगेको भन्दै पाँच दलीय समन्वय समिति बैठक स्थगित

फाइल तस्बिर


नेपालखबर
माघ ६, २०७८ बिहिबार १३:१०, काठमाडौँ

आवश्यक तयारी नपुगेको भन्दै सत्तारुढ पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ।

प्रदेशसभा र प्रतिनिधिसभा तथा स्थानीय तह निर्वाचनसहितका विषयमा छलफल बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको हो। 

प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले संयन्त्रको बैठक स्थगित भएको जानकारी दिएका छन्। 

यसअघि मंगलबार बसेको बैठकमा सत्तारुढमध्ये माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले प्रदेश र प्रतिनिधिसभा निर्वाचन पहिले गर्नुपर्ने प्रस्ताव गरेका थिए।

तर यसबारेमा कांग्रेस र जनता समाजवादी पार्टीको ठोस धारणा आइसकेको छैन। निर्वाचन लगायतका अन्य विषयको आवश्यक तयारी गरेर मात्रै बैठक फेरि बस्ने बताइएको छ। 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्नेगरी सिफारिस गरिसकेको छ।

सत्ता गठबन्धन दलहरूबीच निर्वाचन मितिबारे सहमति जुट्न सकेको छैन। निर्वाचन मिति तोक्ने विषयमा शीर्ष नेताहरुले फरक–फरक धारणा राखिरहेका छन्। 

गठबन्धनभित्र स्थानीय निर्वाचन पहिले या संघीय निर्वाचन पहिले भन्ने विवाद छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .