ad ad

राजनीति


शंकर पोखरेलको आरोप : सत्ता गठबन्धनले फेरि राजनीतिक अस्थिरता ल्याउँदैछन्

शंकर पोखरेलको आरोप : सत्ता गठबन्धनले फेरि राजनीतिक अस्थिरता ल्याउँदैछन्

फाइल फोटो


नेपालखबर
माघ ६, २०७८ बिहिबार १३:५२, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताधारी पाँच दलीय गठबन्धनलाई अस्थिरताका कारकको संज्ञा दिएका छन्। 

आगामी वैशाखमा गर्ने भनिएको स्थानीय तह निर्वाचनलाई ६ महिना धकेलेर पहिले संघीय र प्रदेश सभा निर्वाचन तयारीमा गठबन्धन लागेपछि पोखरेलले यस्तो बताएका हुन्। 

महासचिव पोखरेलले स्थानीय तहलाई फेरि पनि जनप्रतिनिधिविहीन बनाएर सत्तारुढ दलहरुले देशमा अस्थिरता पैदा गर्न खोजेको आरोप पनि लगाएका छन्। 

'बढीमा ६ महिना संकटकाल लगाउन सकिने व्यवस्थासमेतलाई ध्यानमा राखेर ढिलोमा ६ महिनाभित्र चुनाव गर्नैपर्ने संविधानको व्यवस्थालाई सत्तारुढले अपव्याख्या गरेका छन्', पोखरेलले भनेका छन्, 'बिनानाकुनै कारण स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर दुरुपयोग गर्नखोज्ने सत्ता गठवन्धनविरुद्धमा चुँ बोल्न नसक्नेहरु आफैँमा अस्थिरताका सर्जक हुन्।'

उनले सत्ता गठबन्धनले सरकार चलाए यताको ६ महिना पनि खेर फालेको बताएका छन्। 

उनले मन्त्रिपरिषद् विस्तारमै तीन महिना बिताएको गठबन्धनले थप तीन महिना एमाले सरकारका नियुक्ति खारेजमै बिताएको पनि आरोप लगाएका छन्। 

'तीन महिना मन्त्रिपरिषद् विस्तारमा र थप तीन महिना पुराना नियुक्ति खारेज गर्ने काममै लागेर नयाँ नियुक्ति गर्ने कुरामै व्यतित भयो गठवन्धन सरकारको ६ महिना', उनले भने, 'कामका लागि त गठबन्धन होइन, बलियो पार्टीको सरकार चाहिन्छ नेपालमा।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .