ad ad

राजनीति


स्थानीय तह खाली राखेर प्रतिनिधिसभा निर्वाचनमा जान सकिँदैन : गगन थापा

सरका असंवैधानिक बाटोमा जान नहुने मत
स्थानीय तह खाली राखेर प्रतिनिधिसभा निर्वाचनमा जान सकिँदैन : गगन थापा

फाइल तस्बिर


नेपालखबर
माघ ६, २०७८ बिहिबार १५:३१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन पछाडि धकेल्ने सत्ता गठबन्धनकै निर्णयको विरोधमा उत्रिएका छन्।

उनले गठबन्धनले पहिले संघीय र प्रदेशसभा निर्वाचन गर्न छलफल चलाइरहँदा यसबारे निर्णय लिँदा स्थानीय तह रिक्त राख्न नहुने बताएका हुन्। 

निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक हुने टिप्पणी उनले गरेका हुन्। 

मंगलबार बसेको सत्ता गठबन्धनको समन्वय समिति बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख-जेठमा संघीय र प्रदेशसभा निर्वाचन गर्नुपर्ने बताएका थिए।

माओवादीसित नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा नेपालले पहिले प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने कुरा सत्ता गठबन्धनमा राखेका थिए। 

'हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन', उनले भनेका छन्, 'अत: निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक हुन्छ। कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .