ad ad

राजनीति


एमाले नेता राजन भट्टराईको आरोप: सरकारले २०५९ साल दोहोर्‍याउने षडयन्त्र गर्‍याे

एमाले नेता राजन भट्टराईको आरोप: सरकारले २०५९ साल दोहोर्‍याउने षडयन्त्र गर्‍याे

नेपालखबर
माघ ६, २०७८ बिहिबार १६:२७, काठमाडौँ

नेकपा एमालेका नेता डा. राजन भट्टराईले गठबन्धन सरकारले २०५९ साल दोहोर्याउन खोजेको आरोप लगाएका छन्। 

चुनावको मिति घोषणा गर्न आज बस्ने भनिएको सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सरेपछि एमाले विदेश विभाग प्रमुख डा. भट्टराईले आपत्ति जनाएका हुन्।  

‘आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो। संविधानमा स्पष्ट उल्लेख पनि गरिएको छ। यति आधारभूत र गम्भीर विषयमा समेत समयमा  निर्णय नगरी आलटाल गर्ने कोसिस हुनु गठबन्धन सरकारको २०५९ साल दोहोर्याउने षडयन्त्र हो’, भट्टराईले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘लोकतन्त्र जोगाउन यस किसिमका गलत हर्कतको भण्डाफोर गरौं।’

२०५९ सालमा तत्कालीन स्थानीय निकायको निर्वाचन नहुँदा कर्मचारीका भरमा चलाइएको थियो। 

सत्ता गठबन्धनले स्थानीय तहको भन्दा पहिले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने प्रस्ताव गरिरहेको छ। यसरी उसले स्थानीय तहको चुनाव छल्न खोजेको प्रमुख प्रतिपक्षी एमालेका नेताहरूले आरोप लगाइरहेका छन्। 

यो पनिशंकर पोखरेलको कटाक्ष : ५ वर्षअगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .