अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।
अध्यक्ष पञ्चा सिंहले बिहीबार विज्ञप्ति प्रकाशित गरी बुधबार रातिदेखि नेपाल आयल निगमले बढाएको पेट्रोल, मट्टितेल, डिजेल र हवाइ इन्धनमा गरिएको मूल्यवृद्धिमा फिर्ता लिन माग गरेकी हुन्।
सो मूल्यवृद्धि तत्काल फिर्ता गर्न उसले माग गरेको छ। मुल्यवृद्धि फिर्ता नभए प्रतिवादमा उत्रिने चेतावनी समेत क्रान्तिकारीले दिएको छ।
यस्तै, अखिल (क्रान्तिकारी) ले पनि विद्यार्थीहरूको पढाइ र परीक्षा वैकल्पिक माध्यमबाट गराउन सरकारको ध्यानाकर्षण गराएको छ।
27
Shares
प्रतिक्रिया