ad ad

राजनीति


चुनावबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्ने

चुनावबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्ने

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०७८ शुक्रबार ९:२३, काठमाडौँ

सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज (शुक्रबार) बस्दै छ।

सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा अपराह्न ४ बजे बस्नेछ। बैठकमा आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुनेछ। 

बिहीबारै बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगन गरिएको थियो। 

यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार साँझ भेटवार्ता भएको छ। उनीहरूबीच संघीय, प्रदेश र स्थानीय तह निर्वाचनबारे छलफल भएको हो। 

अब यस विषयमा आज राजनीतिक समन्वय समितिको बैठक राखेर थप छलफल र निर्णय गर्ने तयारी गठबन्धनका शीर्ष नेताहरूले गरेका हुन्। 

यसअघि गत  मंगलबार बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन ६ महिना सारेर आगामी वैशाख–जेठमा प्रतिनिधि सभा र प्रदेशको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए।

यसपछि पहिला संघीय कि स्थानीय निर्वाचन भन्ने बहसले व्यापकता पाएको छ।  ​

यो पनिस्थानीय तहभन्दा पहिले संसदको निर्वाचन गर्दा प्रचण्डलाई हुने तीन फाइदा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .