प्रमुख प्रतिपक्षी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले गौर नरसंहार दोहोर्याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको भन्दै आपत्ति पोखरेलले आपत्ति प्रकट गरेका हुन्।
वरिष्ठ उपाध्यक्ष पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत आपत्तिजनक अभिव्यक्ति दिएकी यादवलाई कारबाही गर्न देउवालाई आग्रह गरेका छन्।
‘गठबन्धनकी एउटी नेतृ र बहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन्। गौर नरसंहारमा पीडित हुँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्रधार हुँ भन्ने केही बोल्छन्-बोल्दैनन्, गर्छन् गर्दैनन्?', उनले प्रश्न गरेका छन्, 'प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन्?’
Shares
प्रतिक्रिया