ad ad

राजनीति


मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति कांग्रेस नेता पौडेलको आपत्ति

मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति कांग्रेस नेता पौडेलको आपत्ति

नेपालखबर
माघ ८, २०७८ शनिबार १७:२२, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले गत बुधबार रौतहटमा दिएको अभिव्यक्ति राजनीतिक मर्यादाविपरीत रहेको बताएका छन्। 

कांग्रेस नेता पौडेलले शनिबार सामाजिक सञ्जालमार्फत फरक मत राख्ने अधिकार सबैलाई हुने तर मन्त्री यादवको अभिव्यक्ति पदीय मर्यादाविपरीत भएको टिप्पणी गरेका हुन्।

‘मन्त्री यादवको अभिव्यक्ति राजनीतिक मर्यादाविपरीत छ। फरक मत र विचार राख्ने अधिकार सबैलाई हुन्छ, तर शैली मर्यादित हुनुपर्छ,’ पौडेलले लेखेका छन्, ‘हिंसालाई प्रोत्साहन दिने, द्वन्द्व निम्त्याउने अभिव्यक्ति सामाजिक र कानुनी रूपमा अपराध हुन्। अझ जिम्मेवार व्यक्तिबाट यस्ता अभिव्यक्ति आउनु पदीय मर्यादाविपरीत हो।’

मन्त्री यादवले गत बुधबार रौतहटमा आयोजित एक कार्यक्रममा गौर नरसंहार दोहरिन सक्ने र जनमत पार्टीका अध्यक्ष सीके राउत मारिन सक्ने चेतावनी दिएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .