ad ad

राजनीति


एमालेको युवा संघले ४०५ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गर्‍याे (सूची/सर्कुलर)

एमालेको युवा संघले ४०५ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गर्‍याे (सूची/सर्कुलर)

नेपालखबर
माघ ९, २०७८ आइतबार ५:२८, काठमाडौँ

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले आफ्नो नवौं राष्ट्रिय महाधिवेशनका लागि आयोजक कमिटी गठन गरेको छ।

पोखरामा गत पुस २८–३० गतेसम्म आयोजित युवा संघ केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र नवौं महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण बैठकले किरण पौडेलको संयोजकत्वमा ४०५ सदस्यीय नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको हो। आयोजक कमिटीको सहसंयोजकमा सञ्जिवकुमार झा र क्रान्ती बुर्लाकोटी छन्।

साथै बैठकले विभिन्न निर्णय गरी देशभरका मातहतका कमिटीलाई विशेष सर्कुलर पनि जारी गरेको छ। सर्कुलरअनुसार राष्ट्रिय महाधिवेशनपछिको दोस्रो हैसियत कायम रहने गरी २५०१ सदस्यीय केन्द्रीय युवा परिषद गठन गर्ने  निर्णय पनि गरिएको छ।

परिषदमा २० प्रतिशत सदस्य मनोनयन गरिनेछ। यस्तै युथफोर्स र साइबर सर्कल विभागलाई केन्द्रदेखि वडासम्म बिस्तार गरिने सर्कुलरमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .