ad ad

राजनीति


ओलीलाई कार्कीको जवाफ : उहाँ असफल भएरै यो सरकार आएको हो

गठबन्धन सरकारले जनतामा आश जगाएको जिकिर
ओलीलाई कार्कीको जवाफ : उहाँ असफल भएरै यो सरकार आएको हो

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०७८ आइतबार १८:२३, काठमाडौँ

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकैले आफूहरु सत्तामा आउनुपरेको बताएका छन्। 

पाँच दलीय गठबन्धन र कानुनविदहरुबीच बालुवाटारमा भएको छलफलपछि बोल्दै कार्कीले यस्तो बताएका हुन्। 

ओलीले आइतवार निकालेको १५ बुँदे विज्ञप्तिमा सरकारलाई ६ महिनामै असफल भएको उल्लेख गरिएकोबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा कार्कीले देशलाई सही बाटोमा हिँडाइरहेको बताए। 

'यो संविधानलाई ओली सरकारले तहसनहस गरेको थियो। एक दलीय व्यवस्था र अधिनायकवादतर्फ उन्मुख गराएकाले यो सरकार बनेको हो', उनले भने, 'यो सरकारले जनताको आकांक्षा अनुसार काम गर्छ। हामी संविधानको भावना र स्प्रिट अनुसार चल्छौँ। संविधानको भावना अनुसार निर्देशित गर्छौँ।'

उनले ओलीको लामो वक्तव्य पढ्न नपाएको बताउँदै तर उनले तीन वर्षमा मुलुकलाई गलत दिशामा लगेको पनि आरोप लगाए। 

'उहाँ (ओली) ले तीन वर्षमा मुलुकलाई कुन दिशामा अगाडि बढाउनु भएको थियो? त्यसको समीक्षा आगामी निर्वाचनमा जनताले गर्नेछन्', उनले भने, 'यो सरकार असफल भयो भन्ने आरोप गलत हो। उहाँको सरकार असफल भएरै यो सरकार आएको हो।'

कार्कीले गठबन्धन सरकारले जनतामा आशा जगाएको पनि बताए। 'यो सरकारले जनतामा आश जगाएको छ', उनले भने, 'गठबन्धन सरकारले जनतालाई दिगो विकास र शान्तिमा अग्रसर बनाउन काम गरिरहेको छ।' 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .