ad ad

राजनीति


हिजो ज्ञानेन्द्रले उचालेका देउवालाई आज प्रचण्डले मोहरा बनाए : शंकर पोखरेल

हिजो ज्ञानेन्द्रले उचालेका देउवालाई आज प्रचण्डले मोहरा बनाए : शंकर पोखरेल

फाइल फोटो


नेपालखबर
माघ ९, २०७८ आइतबार २१:४८, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मोहरा बनाएको आरोप लगाएका छन्। 

पाँच दलीय गठबन्धनले आइतवार बसेको बैठकबाट आगामी वैशाखमा स्थानीय तह निर्वाचन नगर्ने निष्कर्ष निकालेपछि पोखरेलले देउवामाथि निशाना साँधेका हुन्।

पोखरेलले देउवाकै कारण २०५८ साले प्रतिगमन भएको पनि उनले जिकिर गरेका छन्। खासमा देउवा २०५९ असोज १८ र २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रबाट अपदस्थ भएका थिए। 

देउवाले २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरिदिएका थिए। त्यसपछि ०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवा चुनाव गराउन असक्षम रहेको घोषणा गर्दै संविधानको धारा १२७ प्रयोग गरी उनलाई बर्खास्त गरेका थिए।

२०६१ मा फेरि प्रधानमन्त्री भएपछि देउवाले गोरखाका राजाबाट न्याय मिलेको बताएका थिए। तर उनलाई २०६१ माघ १९ मा पनि ज्ञानेन्द्रले अपदस्थ गरेर शासन सत्ता आफ्नो हातमा लिएका थिए।

त्यही प्रसंगलाई लिएर महासचिव पोखरेलले देउवामाथि आक्रोश पोख्दै अहिले प्रचण्डको मोहरा बनेको आरोप लगाएका हुन्। 

'हिजो देउवा चुनाववाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो,' पोखरेलले भनेका छन्, 'आज पुनः देउवालाई मोहरा बनाइँदैछ। हिजो उचाल्ने ज्ञानेन्द्र,आज प्रचण्ड...!'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .