ad ad

राजनीति


राजदूत ढकालले कम्बोडियाका राजासमक्ष ओहदाको प्रमाणपत्र बुझाए

राजदूत ढकालले कम्बोडियाका राजासमक्ष ओहदाको प्रमाणपत्र बुझाए

तस्वीरः थाइल्याण्डस्थित नेपाली दूतावास


नेपालखबर
माघ ११, २०७८ मंगलबार १७:२२, काठमाडौँ

कम्बोडियाका लागि गैह्रआवासीय नेपाली राजदूत गणेश प्रसाद ढकालले कम्बोडियाका राजा नोरोदम सिहामोनीसमक्ष मंगलबार ओहदाको प्रमाणपत्र पेश गरेका छन्।

नोम पेनस्थित रोयल प्यालेसमा आयोजित एक समारोहमा राजदूत ढकालले ओहदाको प्रमाणपत्र बुझाएका हुन्। ढकाल थाइल्याण्डका लागि आवासीय राजदूत हुन्। उनको कार्यक्षेत्रभित्र कम्बोडिया पनि पर्छ। 

प्रमाणपत्र बुझाएपछि राजदूत ढकालले राजा सिहमोनीसँग संक्षिप्त कुराकानी गरे। त्यस अवसरमा राजदूत ढकालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली जनताका तर्फबाट कम्बोडियाका राजा र त्यहाँका राजाको सु—स्वास्थ्य, निरन्तर प्रगति र समृद्धिको कामना गर्दै पठाएको सन्देश सुनाए। नेपाल र कम्बोडियाबीच उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहँदै आएको र उच्चस्तरीय भ्रमणले संबन्ध थप सुदृढ बनेको ढकालले बताए। 

राजदूत ढकालले गौतम बुद्धले फैलाएका ज्ञान र बौद्ध दर्शनले नेपाल र कम्बोडियाका जनतालाई एक आपसमा बाँधेको बताए। 

प्रत्युत्तरमा कम्बोडियाका राजा सिहामोनीले नेपालका राष्ट्रपति र प्रधानमन्त्री तथा जनताको सु—स्वास्थ्य, खुशी र समृद्धिको कामना ब्यक्त गरे। उनले नेपालसँगको मैत्रीपूर्ण, हार्दिक र सहकार्यात्मक सम्बन्ध आगामी दिनमा अझै सुदृढ भएर जाने विश्वास ब्यक्त गरे। ‘गौतम बुद्धिको जन्मस्थान नेपालसँग हामी सम्बन्ध सुदृढ गर्न चाहन्छौं’ उनले भने। 

कम्बोडियाको राजदरबारमा आयोजित समारोहमा कम्बोडिया सरकारका उच्च अधिकारी पनि उपस्थित थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .