ad ad

राजनीति


‘अवैतनिक वाणिज्य दूतहरुको अन्तर्राष्ट्रिय सम्मेलन’ सुरु

‘अवैतनिक वाणिज्य दूतहरुको अन्तर्राष्ट्रिय सम्मेलन’ सुरु

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ९:१३,

काठमाडौंमा ‘अवैतनिक वाणिज्य दूतहरुको अन्तर्राष्ट्रिय सम्मेलन’ सुरु भएको छ।

उपराष्ट्रपति नन्दबहादुर पुनले बुधबार काठमाडौंमा एक समारोहका बीच विश्वका विभिन्न मुलुकका अवैतनिक वाणिज्य दूतहरु सहभागी रहेको सो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका हुन्।

सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सहयोग गर्न अवैतनिक वाणिज्य दूतहरुलाई आह्वान गरे। उनले नेपाल सरकारले सन् २०२० मा कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै त्यसमा साथ दिन सबै देशका अवैतनिक वाणिज्य दूतहरुलाई आह्वान गरेका हुन्।

त्यस अवसरमा उनले वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएको उल्लेख गर्दै लगानी गर्न पनि बाह्य मुलुकका लगानीकर्ताहरुलाई आग्रह गरे। नेपालको ऊर्जा, पर्यटन, कृषि र उद्योगमा लगानी गरे उच्च प्रतिफल प्राप्त गर्न सकिने परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ।

मन्त्री ज्ञवालीले नेपालमा आर्थिक विकासको गतिले तीव्रता पाएको उल्लेख गर्दै त्यसबाट आउने मुनाफाको लाभ लगानीकर्ताहरुलाई हुने पनि स्मरण गराए। उनले मुलुकको समृद्धिका लागि सरकारले बाह्य लगानी भित्र्याउने योजना अघि सारेको उल्लेख गर्दै बाह्य लगानीकर्ताहरुले उच्च प्रतिफल पाउने गरी आवश्यक व्यवस्था मिलाइएको दावी पनि गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .