राजनीति


राष्ट्रिय सभा निर्वाचनमा हारेपछि एमाले महासचिवको आक्रोश : षडयन्त्रको अन्तिम भोज

राष्ट्रिय सभा निर्वाचनमा हारेपछि एमाले महासचिवको आक्रोश : षडयन्त्रको अन्तिम भोज

नेकपा एमालेका महासचिव शंकर पोखरेल


नेपालखबर
माघ १३ , काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको नतिजालाई ‘जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज’को संज्ञा दिएका छन्। 

राष्ट्रिय सभामा रिक्त रहेका १९ सदस्य पदका लागि बुधबार सम्पन्न निर्वाचनबाट एमाले एक सिटमा मात्र विजयी भएको छ भने बाँकी सबै सिट सत्ता गठबन्धनका उम्मेदवारले जितेका छन्। 

परिणाम सार्वजनिक भएलगत्तै एमाले महासचिव पोखरेलले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको हुन्। 

‘वामपन्थी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजरानास्वरूप यस चुनावमार्फत प्रचण्ड र माधव नेपालहरूले आफ्नो दलीय हैसियतभन्दा अतिरिक्त लाभ हासिल गरेका छन्’, पोखरेलले भनेका छन्, ‘तर पनि यस निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवारले गठबन्धनको मतभारभन्दा कम मत प्राप्त गरेका छन्।’

नेकपा एमालेका अधिकतर उम्मेदवारले आफ्नो दलीय भोटभन्दा बढी मत प्राप्त गरेको दाबी पनि उनले गरेका छन्। 

‘स्थानीय तहका जनप्रतिनिधिहरूको अतिरिक्त भोट नेकपा एमालेका उम्मेदवारलाई प्राप्त भएको छ’, एमाले महासचिव पोखरेलको दाबी छ, ‘यसबाट स्थानीय तहलाई कमजोर बनाउने गठबन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ।’

गठबन्धनका अन्य उम्मेदवारको तुलनामा नेपाली कांग्रेसका उम्मेदवारले सबै प्रदेशमा कम भोट पाएको उनको भनाइ छ। 

पाँच दलीय गठबन्धनको मोर्चाबन्दीबीच पनि प्रदेश १ मा एमालेका एक जना उम्मेदवार विजय भए भने एक जना बराबरी मत आएर गोलाप्रथा गर्दा हारे।  यस निर्वाचनपछि पनि राष्ट्रिय सभामा एमाले पहिलो दलकै हैसियतमा कायम छ।

एक सिट जितेर पनि एमाले राष्ट्रिय सभामा पहिलो दल

अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकाले गठबन्धन कमजोर हुने र एमाले थप सुदृढ हुने आधार समेत यस निर्वाचनले संकेत गरेको दाबी पोखरेलले गरेका छन्। 

राष्ट्रिय सभा निर्वाचन : यी हुन् विजयी उम्मेदवार

माघ १३, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad