ad ad

राजनीति


नव निर्वाचित राष्ट्रियसभा सदस्यलाई माधव नेपालले दिए बधाई

नव निर्वाचित राष्ट्रियसभा सदस्यलाई माधव नेपालले दिए बधाई

नेपालखबर
माघ १३, २०७८ बिहिबार ९:४२, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरुलाई बधाई दिएका छन्।

नेता नेपालले बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय सभामा विजयीहरुको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन्।

बुधबार भएको निर्वाचनमा एकीकृत समाजवादीको तर्फबाट राष्ट्रिय सभामा पाँच जना विजयी भएका छन्। 

राष्ट्रियसभाको १९ पदको लागि बुधबार भएको निर्वाचनमा एकीकृत समाजवादीका उपाध्यक्ष जयन्ती राई, सचिव मदनकुमारी (गरिमा) शाह, केन्द्रीय सदस्यहरु उदय बोहरा, गोमा तिमिल्सिना र राजेन्द्र लक्ष्मी गैरे विजयी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .