कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडुलाई कोरोना संक्रमण भएको छ।
उनले आफूलाई कोरोना पुष्टि भएको जानकारी बिहीबार बिहान सामाजिक सञ्जालमार्फत दिएका हुन्।
स्वास्थ्यमा सामान्य लक्षण देखिएपछि सांसद बडुले बुधबार कोरोना परीक्षण गराएका थिए। रिपोर्ट पोजिटिभ आएकाले डाक्टरको सल्लाहअनुसार अब केही दिन आइसोलेसनमा रहने उनले बताएका छन्।
‘केही दिनयता मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सम्पूर्णलाई स्वास्थ्य सावधनी अपनाउनका लागि अनुरोध गर्दछु’, उनले भनेका छन्।
51
Shares
प्रतिक्रिया