राजनीति


एमसीसीले गठबन्धनमा तनाव : प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा अलग्गै वार्ता

एमसीसीले गठबन्धनमा तनाव : प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा अलग्गै वार्ता

फाइल फोटो


नेपालखबर
माघ १७, २०७८ सोमबार २१:२३, काठमाडौँ

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनमा तनाव बढिरहँदा दुई शीर्ष नेता अलग्गै वार्तामा बसेका छन्। 

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्न दबाब बढाउँदै लगेपछि सत्तारुढ नेताहरु अलग अलग छलफलमा जुटेका हुन्। 

सोमबार अपरान्ह सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच कोटेश्वरमा वार्ता भएको हो।

स्रोतका अनुसार उनीहरुबीच करिब एक घण्टा लामो वार्ता भएको हो। उक्त वार्तामा दुई नेताबीचको कुराकानीबारे विस्तृत जानकारी प्राप्त भइसकेको छैन।

सोमबार बिहान पनि प्रधानमन्त्री देउवा, अध्यक्ष प्रचण्ड र नेपालबीच एक घण्टा लामो वार्ता भएको थियो।

उक्त वार्तामा प्रचण्डले विवादित बुँदाहरु पहिले संशोधन गरेर मात्रै एमसीसी अघि बढाउनुपर्ने बताएका थिए। प्रचण्डको उक्त प्रस्तावमा नेपालले पनि समर्थन जनाएका छन्।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एमसीसी पास गर्ने पक्षमा छन्। उता माओवादी र एकीकृत समाजवादी भने संशोधन गरेर मात्रै पास गर्नुपर्ने अडान लिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad