ad ad

राजनीति


‘सत्तामै बसेर सरकारी प्रस्तावको विरोध गर्ने, ढुंगा हान्नेहरु लोकतन्त्र विरोधी हुन्’

‘सत्तामै बसेर सरकारी प्रस्तावको विरोध गर्ने, ढुंगा हान्नेहरु लोकतन्त्र विरोधी हुन्’

नेपालखबर
फागुन ११, २०७८ बुधबार १५:१७, काठमाडौँ

भारतका लागि पूर्व नेपाली राजदूत नीलाम्बर आचार्यले सत्तामै बसेर सरकारी प्रस्तावको विरोध गर्नुलाई लोकतन्त्र विरोधी चरित्र भनेका छन्। 

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका मन्तव्य तथा विचारको अंश समेटिएको पुस्तक ‘समवेत दृष्टि’ ओलीको ७१ औं जन्मदिनको अवसर सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले यस्तो भनेका हुन्। 

आचार्यले एमसीसी सम्झौता संसदमा गएपछि सत्तामै बसेर विरोधमा उत्रिएका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीतिर लक्षित गर्दै यस्तो भनेका हुन्। 

'कहीँ हाम्रो संसदीय प्रणाली त बिग्रिएको छैन? लोकतन्त्र मास्न सभामुखहरू त आइसकेका छैनन्? सरकारले एउटा कुरा संसदमा ल्याइसकेपछि त्यसको विरुद्धमा सडकमा ढुंगामुढा गर्ने काम गलत हो। सत्तामै रहेका मान्छेले ढुंगामुढा गर्ने र ठूला नेताले वक्तव्यबाजी गर्ने यो लोकतान्त्रिक प्रणालीविरुद्ध हो', उनले भने, 'त्यहीकारण ओलीजीले फेरि चुनावमा गएर त्यसलाई अझै नङ्ग्याउनुपर्ने आवश्यकता रहेको छ।'

ओली पाँच वर्षका लागि प्रधानमन्त्री भए पनि बीचमै छाडेर हिँड्नुपरेको बताए। 'सत्तामै बसेर दोहोरो भूमिका खेलेर जनताप्रतिको विश्वास र लोकतन्त्रप्रतिको विश्वास टुटाउन पाइँदैन', उनले भने, 'लोकतन्त्रमा जनताको तन्त्र चल्छ तर मनपरितन्त्र चल्न सक्दैन।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .