ad ad

राजनीति


‘महाकालीमा भारतले अतिक्रमण गर्दा गठबन्धन सरकार मौन’

‘महाकालीमा भारतले अतिक्रमण गर्दा गठबन्धन सरकार मौन’

फाइल तस्बिर


नेपालखबर
फागुन २९, २०७८ आइतबार १५:४८, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दार्चुलामा महाकाली नदीको बहाव भारतले नेपालतर्फ फर्काइरहँदा गठबन्धन सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन्।

आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्दै सुवालले आफ्नो भूमि मिचिरँदा पनि सरकार नबोलेको गुनासो गरे। 

नेपालको सिमानामा भारतीय पक्षको अतिक्रमण तत्काल रोक्नुपर्ने पनि उनले माग गरेका छन्। 

‘दार्चुलामा महाकालीको बहाव भारतले नेपाल तर्फ फर्काउँदैछ। तर सरकार मौन बनेर समाचार प्रकाशित भइरहेको छ । यथार्थ यो भइरहेको पनि हो । यस्तो बेला सरकार किन बोल्दैनन्?', उनले प्रश्न गरे, 'भारतले नेपालको भूमि गाभेर नक्सा बनाएपछि नेपालले पनि त्यो नक्सालाई च्यातेर नयाँ नक्सा तयार गर्‍यो।'

उनले कालापानीमा भारतीय सेना यथावत रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। 

'नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्दैछ । दार्चुलामा महाकाली नदी पाँच मिटर अतिक्रमण गरेर भारतले नौ मिटर उचाइको पाँच किलोमिटर लामो तटबन्ध बनाउँदै छ। यसले आउने वर्षमा नेपालको जनधन क्षति हुने भयो', उनले भने, 'स्थानीय जनता नेपाली भूमि सुरक्षा गर्न संघर्ष गर्दैछन्। स्थानीय प्रशासन, गृह प्रशासन, परराष्ट्र मन्त्रालय के गर्दैछन्? अन्तर्राष्ट्रिय कानुन विपरीत भारतले नेपालको सिमानामा गरिरहेको थिचोमिचो र अतिक्रमण तत्काल रोक्न जरुरी छ।'

सुवालले प्रधानमन्त्रीमार्फत दार्चुलामा भइरहेको घटनाको जानकारी मागे। उनले नेपालको सिमाना सुरक्षित भएको छ कि छैन? त्यसबारे सदनमा जानकारी गराउनु आवश्यक रहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .