ad ad

राजनीति


भरतपुरको मुख्य निर्वाचन अधिकृतबाट रावललाई हटाइयो, अधिकारीलाई ल्याइयो

भरतपुरको मुख्य निर्वाचन अधिकृतबाट रावललाई हटाइयो, अधिकारीलाई ल्याइयो

नेपालखबर
चैत २९, २०७८ मंगलबार १५:८, काठमाडौँ

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतबाट न्यायाधीश हेमन्त रावललाई हटाएको छ। 

स्थानीय तहको निर्वाचन आउन एक महिना मात्रै समय रहेका बेला २०७४ मा पनि मतपत्र च्यातेर विवादमा मुछिएको भरतपुर महानगरपालिकामा हेरफेर भएको हो।

निर्वाचन आयोगले यसअघि तोकिएका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई उक्त स्थानमा ल्याइएको छ। 

चितवन जिल्ला अदालतमा पहिलो नम्बरमा न्यायाधीश रावल छन्। त्यसपछि दोस्रोमा केशवप्रसाद अधिकारी, तेस्रोमा गायत्रीप्रसाद रेग्मी, चौथोमा प्रकाश अधिकारी, पाँचौँमा अवनी मैनाली भट्टराई र छैटौँमा शकुन्तला कार्की रहेकी छन्। 

आयोगले पहिलो नम्बरका रावललाई हटाएर दोस्रो र तेस्रो नम्बरकालाई जिम्मेवारी नदिइ चौथो नम्बरका अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो। 

आयोगले भरतपुरकै मुख्य निर्वाचन अधिकृत चुनावको मुखमा हेरफेर गर्नुको कारण केही खुलाएको छैन। सूचनामा सोमबारको निर्णयअनुसार मुख्य निर्वाचन अधिकृत हेरफेर गरिएको मात्रै उल्लेख गरिएको छ। 

यसअघि २०७४ को निर्वाचनमा पनि भरतपुर महानगरपालिकामा माओवादी उम्मेदवार रेनु दाहालले हार्ने अवस्था आएपछि मतपत्र च्यातिएको थियो।

त्यसबेला मतपत्र च्यातिएपछि भएको केही वडाको उपनिर्वाचनमा रेनुले धेरै मत ल्याएर एमालेका देवी ज्ञवालीलाई हराएकी थिइन्। ​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .